सूचना
प्रशासन, योजना तथा अनुगमन शाखा
प्रशासन इकाई
- कर्मचारीहरुको अभिलेख व्यवस्थापन ।
- कार्यरत कर्मचारीहरुको हाजिरि अभिलेख, घर विदा, अध्ययन विदा, असाधारण विदा, अनिवार्य अवकाश तथा स्वेच्छीक राजीनामा तथा कारवाही सम्बन्धी कार्यहरू ।
- कार्यालयको कर्मचारी समूहको दरबन्दीको लगत तथा सो दरबन्दीमा कार्यरत कर्मचारीहरुको व्यक्तिगत अभिलेख अद्यावधीक गर्ने कार्यहरू,
- कर्मचारीहरुको रिक्त पदहरुको पदपूर्ति सम्बन्धी कार्यहरू ।
- नयाँ नियुक्ती र बढुवा भई आएका कर्मचारीहरुको पदस्थापन सम्बन्धी कार्यहरू ।
- कर्मचारीहरुको सरुवा तथा काज सम्बन्धी कार्यहरू ।
- कर्मचारीहरुको कार्यसम्पादन मुल्याङ्कन सम्बन्धी कार्यहरू,
- संगठन व्यवस्थापन सर्वेक्षण समितिको बैठक आयोजना गर्ने, संगठन व्यवस्थापन सर्वेक्षण प्रतिवेदन तयार गर्ने, स्वीकृत भएपछि कार्यान्वयनका लागी सम्वन्धित निकायमा लेखी पठाउने।
- गाउँपालिकामा बन्ने ऐन, कानून, नियमावली, कार्यविधि, छत्रकोट राजपत्र प्रकाशन सम्बन्धि कार्यहरु ।
- प्रचलित कानून बमोजिम सम्पादन गर्नु पर्ने कार्यहरु।
राजश्व इकाई
- राजश्व सम्बन्धी नीति, कानून तर्जुमा, कार्यान्वयन र नियमन,
- सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमि कर, दण्ड जरिवाना, मनोरञ्जन कर, बहालविटौरी कर, घरजग्गा कर, प्राकृतिक स्रोत साधन, व्यवसायिक सम्बन्धी नीति,कानून मापदण्ड, कार्यान्वयन,संकलन, नियमन र अन्य व्यवस्थापन,
- सार्वनजिक खर्च तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन,
- आफ्नो क्षेत्रभित्र राजश्वका दर अन्य शुल्क निरधार्ण, संघीय र प्रदेश कानून बमोजिम प्राकृतिक स्रोत, साधन र सेवा शुल्क जस्ता रोयल्टी संकलन, समन्वय र नियमन ।
योजना तथा अनुगमन इकाई
योजना तर्जुमा,कार्य योजना तयारी, उपभोक्ता समिति गठन
- विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन,
- स्थानीय विकास नीति, अल्पकालिन, मध्यमकालिन तथा दीर्घकालिन विकास योजना तर्जुमा, अनुगमन तथा मूल्यांकन,
- आर्थिक, सामाजिक, सांस्कृतक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरुको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन,
- वार्षकि विकास कार्यक्रम, आयोजना तर्जुमा, कार्यान्वन,
- विकास निर्माण प्रकृयामा स्थानीय जनसहभागिता अभिवृद्धिका कार्यक्रम तर्जुमा र कार्यान्वयन,
- विकास योजनाहरुको वातावरणीय प्रभाव मूल्यांकन,
- उपभोक्ता समितिको विवरण, क्षमता विकास,
- विकासका प्राथमिकता प्राप्त क्षेत्र निर्धारण,
- संघीय र प्रादेशिक आयोजना तथा परियोजना सम्बन्धी कार्य,
- योजना तथा प्राविधिक शाखा प्रमुखको हैसियतले कार्य सम्पादन गर्ने,
- शाखामा रहेका प्राप्त हुन आएका कागजातहरु, फायल, निर्माण पुस्तिका, सरक्षित राख्ने, शाखाहरु सँग समन्वय गरी वार्षिक, आवधिक, योजना कार्यक्रम र सोका लागि आवश्यक पर्ने बजेट प्रस्ताव गर्ने,
- मासिक, चौमासिक तथा वार्षिक प्रगति विवरण तयार गरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय तथा अन्य निकायमा तोकिएको समयावधिभित्र पेश गर्ने,
- योजना छनौट तथा कार्यान्वयनको लागि वडा भेलाको आयोजना, उपभोक्ता समूहको गठन खाता संचालन सिफारिस, सम्झौता, कार्यादेश, खाता रोक्का तथा फुकुवा सम्बन्धी कार्य गर्ने,
- संचालित योजना तथा कार्यक्रमको अनुगमन तालिका बनाई नियमित अनुगमन र सुपरिवेक्षण कार्यमा सहयोग गर्ने,
- उपभोक्ता समितिको निर्माण सम्बन्धी कार्य संचालनमा अभिमुखीकरण सम्बन्धी तालिमका लागि सामुदायिक विकास शाखामा छनौट गरी सिफारिस गर्ने,
- जारी तथा सम्पन्न भएक योजना तथा कार्यक्रमको अभिलेख तयार गरी अयावधिक फरफारकका लागि आवश्यक कार्य गर्ने,
- खरिद योजना तयारीमा सहयोग गर्ने,
- कार्यालय भित्र वा गाउँपालिका भित्र पेश्की, अमानत, ठेक्कापट्टा, वार्ता आदि जुनसुकै प्रकृयाबाट निर्माण कार्य संचालन गर्ने सम्बन्धमा पेश्की, रनङ्ग विल, अन्तिम बिल भुक्तानी सम्बन्धी कामकारवाहीको उठान गर्ने,
- गाउँपालिकाको वार्षिक अद्यावधिक योजना तर्जुमा तथा विकासका विविध पक्षमा कार्यक्रम बनाउन आवश्यक पर्ने बाह्य विज्ञ परामर्शदाता नियुक्ति गर्ने सम्बन्धमा परामर्श सेवाको लागत अनुमान सम्बन्धी नर्म्स तयार गरी सामुदायकि विकास शाखासँग समन्वय गर्ने,
- न्यूनतम शर्त तथा कार्य सम्पादन मापन कार्यविधि अनुसार त्यस शाखाबाट संचालन हुने वा चालु योजना तथा कार्यक्रमहरुलाई सार्वजनिक गर्नका लागि सूचना अधिकारीलाई उपलब्ध गराउने,
- प्रचलित कानून बमोजिम तोकिरएका अन्य कार्य गर्ने,
अनुगमन तथा मूल्यांकन
- विकास आयोजनाको अनुगमन, आवधिक प्रगती तथा प्रतिफलको समिक्षा,
- विकास योजनाको अनुगमन तथा मूल्यांकनको आधार तथा प्रकृया निर्धारण,
- आयोजनाको अध्यन, अनुसन्धान तथा प्रभाव मूल्यांङ्कन ।
कानूनी मामिला इकाई
- न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य
- न्याय तथा कानूनी राज्यको परिपालना
- मानव अधिकारको संक्षण तथा प्रवर्द्धन
- व्यक्ति र समुदायविच मेलमिलाप र मध्यस्थाको व्यवस्थापन
- न्यायिक निर्णय तथा फैसला कार्यान्वयन
- वडा स्तरीय सामाजिक मेलमिलाप कर्ता सँग मध्यस्थता कर्ता र व्यवस्थापन